कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्भिकमा यूरोलोजी टिमको निशुल्क ओपीडी हुने, पत्थरीको शल्यक्रियामा छुट

काठमाडौँ — थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभर मिर्गौला, मुत्रनली र मुत्रथैली केन्द्रित निशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा नि:शुल्क ओपीडी संचालन हुनेछ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिकको यूरोलोजी टिमले नि:शुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ । नि:शुल्क ओपीडी सेवामा यूरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । 

नर्भिकमा यूरोलोजी टिमको निशुल्क ओपीडी हुने, पत्थरीको शल्यक्रियामा छुट

मिर्गौला, मुत्रनली र मुत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले ओपीडीमा सहभागी भई नि:शुल्क परामर्श सेवा लिन सक्नेछन् । नर्भिकले मिर्गौलाका पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभर विशेष छुटको समेत घोषणा गरेको छ । नर्भिक अस्पतालमा सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पीसीएनएल तथा अल्ट्रा मिनी पीसीएनएल उपलब्ध छ । यस्तै, घाउ नगरी मुत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मुत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ ।

नि:शुल्क ओपीडीमा सहभागी हुने विरामीहरुले उल्लेखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार नि:शुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ । नि:शुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । नि:शुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।


प्रकाशित : पुस ९, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?