ग्लोबल आईएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक 

काठमाडौँ — ग्लोबल आइएमई बैंकका ग्राहकले मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । 

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक 

यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुने बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ स्टोर छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्देश्यले ७६ जिल्लामा २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रकाशित : जेष्ठ १७, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?