लहानमा खुल्यो एनसेलको नयाँ सेन्टर

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रमबीच बिहीबार उक्त सेन्टरको उद्घाटन गरे ।

शुक्रबारदेखि यो सेन्टरले सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ । यो सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत कर्पोरेट सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरुको आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ थालनी गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर लगायतका सेवा पाउन सक्नेछन् । 'लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीयस्तरमा विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो' जाब्बोरले भने ।
शनिबारसहित सातै दिन बिहान ९ बजे देखि ५ : ३० बजेसम्म यस सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने कम्पनीले जनएको छ । यसअघि एनसेलले विगत १० वर्ष देखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । एनसेलले देशका विभिन्न भागमा ३४ वटा सेन्टर संचालन गर्दै आएको छ ।
