ईसेवामार्फत जीवन बीमा नवीकरण गर्दा ५० हजारसम्म जित्ने मौका

काठमाडौँ — भुक्तानी सेवा प्रदायक ईसेवामार्फत जीवन बीमाको नवीकरण गर्दा ५० हजार रुपैयाँसम्म नगद जित्न सकिने भएको छ । प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले ईसेवाले यस्तो अफर सार्वजनिक गरिएको जनाएको छ ।

यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार ‘क्यासब्याक’ समेत पाउन सक्ने कम्पनीले जनाएको छ । ‘योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार जित्न सक्नेछन्’ ईसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ ।’
दैनिक क्यासब्याक विजेताको घोषणा हरेक साताको अन्त्यमा ईसेवाको फेसबुक पेज तथा ब्लग मार्फत गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बम्पर उपहार विजेताको घोषणा ईसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । ‘यस योजनामा सहभागी हुन ईसेवा प्रयोगकर्ता केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ’ कम्पनीले भनेको छ ।
