कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीडब्लूएमका विद्युतीय गाडी किन्दा नबिलले १२.१५% ब्याजमा कर्जा दिने

काठमाडौँ — जीडब्लूएमका विद्युतीय सवारीसाधन खरिद गर्दा नबिल बैंकले १२.१५ प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको छ । जीडब्लूएम सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स र नबिल बैंकबीच फाइनान्सिङ सेवा प्रदानबारे सम्झौता भएको हो ।

जीडब्लूएमका विद्युतीय गाडी किन्दा नबिलले १२.१५% ब्याजमा कर्जा दिने

जीडब्लूएम नेपालका तर्फबाट भाइसप्रेसिडेन्ट रुपेश शर्मा भट्ट र बैंकका तर्फबाट हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । इन्टर्नल कम्बसन इन्जिन (आईसीई) सवारीसाधन (हाभल जोलायन, हाभल एच ६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको भीजी इम्पेक्सले जनाएको छ ।

सम्झौताअनुसार ग्राहकले नबिल बैंक मार्फत कर्जा लिँदा आईसीई मोडलमा १२.९० प्रतिशत र विद्युतीयको लागि १२.१५ प्रतिशत ब्याजदरमा मूल्यको ५० प्रतिशतसम्म रकम अटो कर्जा पाउनेछन् । दुवै प्रकारको ऋणको अवधि भने ७ वर्षको हुनेछ ।


प्रकाशित : असार १७, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?