कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल रेमिटबाट पठाएको रकम नबिलबाट पाइने 

काठमाडौँ — विश्वका विभिन्न देशबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल र नबिल बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम सिधै नबिल बैंकको खातामा वा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । 

नेपाल रेमिटबाट पठाएको रकम नबिलबाट पाइने 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइममा नै रेमिट्यान्स् प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित : असार १५, २०८० १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?