कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल पुनर्बीमाका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा पाउने

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरे । 

नेपाल पुनर्बीमाका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा पाउने

उक्त सम्झौतापश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकले सरल कर्जा प्रदान गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत छ । सम्झौताअनुसार पुनर्बीमा कम्पनीका कर्मचारीको तलबी खाता बैंकले संचालन गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीले दुई संस्थाबीचको सम्बन्धलाई व्यवहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए । देशभर हाल बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।


प्रकाशित : जेष्ठ १५, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?