कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

दराजको ‘प्राउडली नेपाली अभियान’, स्थानीय ब्रान्ड प्रवर्द्धनको लक्ष्य

काठमाडौँ — नेपालको अनलाइन बजार दराजले ‘प्राउडली नेपाली अभियान’ घोषणा गरेको छ ।  अभियान जेठ १३ बाट सुरु भएको छ । नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवा प्रदान गर्दै आएका नेपाली ब्राण्ड प्रवर्द्धन गर्नु अभियानको मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ ।  प्राउडली नेपाली अभियान एक पटकको मात्रै नभई दीर्घकालीन रहेको कम्पनीको भनाइ छ । 

दराजको ‘प्राउडली नेपाली अभियान’, स्थानीय ब्रान्ड प्रवर्द्धनको लक्ष्य

‘यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेतालाई अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोगको प्रयास गर्दछ’ कम्पनीले भनेको छ । फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडाजस्ता ब्रान्डहरूको बारेमा ग्राहकलाई थप जानकारी दिने अवसर यो अभियानले प्रदान गर्ने कम्पनीको भनाइ छ ।


प्रकाशित : जेष्ठ १५, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×