एभरेष्ट बैंकको क्यूआरमार्फत भारतमा रकम भुक्तानी गर्न सकिने

काठमाडौँ — डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकले भारतमा पेटीएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सक्ने छन् ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् । नेपाल भ्रमण गर्ने भारतीय पर्यटकलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेसनल बैंकसँगको संयूक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल देशभर ११६ शाखाहरु, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटीएम सञ्चालनमा छन् ।