२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रुस्लान एफएम ९५.२ पुन: सञ्चालनमा 

काठमाडौँ — केही समयदेखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुन: संचालनमा आएको छ । एफएमले गीत संगीतलाई प्राथमिकता दिँदै आएको छ । नेपाली गीत सङ्गीतकर्मीहरूलाई  विशेष ठाउँ प्रदान गर्ने उद्देश्यका एफएम संचालनमा आएको हो । एफएममा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ । 

रुस्लान एफएम ९५.२ पुन: सञ्चालनमा 

‘पहिला भन्दा भव्य तरिकाले संचालन हुने र स्रोताको मनमा फेरि बस्ने सोचसहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले अघि बढेका छौं’ एफएमका प्रमुख मार्केटिङ अधिकृत बैभव शर्माले भने । बिहान ६ बजेबाट राति १२ बजेसम्म सञ्चालन हुने एफएममा बिहान ६ देखि ८ बजे सम्म वर्कआउट बिट्स, बिहान ८ देखि ११ बजेसम्म रुस आवर बिट्स, बिहान ११ देखि दिउँसो ४ बजेसम्म चिल बिट्स, दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म इनथ्रेड र बेलुकी ७ देखि राति १२ बजेसम्म भाइब्रेन्ट बिट्स गरी ५ फरक विधाका विभिन्न सङ्गीत सुन्न सकिने छ ।


प्रकाशित : जेष्ठ १६, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?