१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप मोटरसाइकल बजारमा ल्याएको छ । अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध यो मोटरसाइकल स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट रहेको कम्पनीको दावी छ । जावा मोटरसाइकलको सोरुम उत्तरढोकामा आयोजित एक कार्यक्रममा यसअघि नै प्रि–बुकिङ्ग गरेकालाई मोटरसाइकल प्रदान गरिएको थियो । 

जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक बजारमा 

अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले विगत दुई वर्षदेखि नेपालमा जावा बाइकको बिक्री वितरण प्रभावकारी भएको बताए । उनले भने ‘आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि माया पाउनेमा विश्वस्त पनि छौँ ।’ हाल ७ लाख ५८ हजार रुपैयाँ मूल्य तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राइप जावाका डिलरहरुमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा रहेको २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाएको कम्पनीको भनाइ छ । जावामा नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुसनिङको साथ पुन: इन्जिनियर गरिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?