कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजनासार्वजनिक गरेको छ । यो योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।  विकासोउन्मुख देश र भौगोलिक बनावटका कारण कतिपय कार्यहरु जोखिम छन् । विकासको गति बढेसँगै ठूला ठूला परियोजना, हाइड्रोपावर, भवन निर्माण लगायतका कार्य तीव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको हुन्छ ।

‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक

साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो योजना ल्याइएको कम्पनीको भनाइ छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता यो योजनामा रहेको कम्पनीले जनाएको छ । यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितले इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्नु हो ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल गर्न सकिनेछ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजारदेखि १ करोडसम्म बीमाङ्क रकमका लागि बीमा गर्न सकिनेछ ।


प्रकाशित : मंसिर २१, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?