कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय वाणिज्य बैंकको शाखा भक्तपुरको कमलविनायकमा 

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर जिल्लाको कमलविनायकमा शाखा कार्यालय संचालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरे । 

राष्ट्रिय वाणिज्य बैंकको शाखा भक्तपुरको कमलविनायकमा 

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको कारोबार बैंक मार्फत गर्ने तयारी रहेको बताए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । बैंकको हाल देशभर २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन् ।


प्रकाशित : मंसिर १४, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?