कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेशनल पेमेन्ट स्वीचका लागि एसबीआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौँ — नेपाल एसबीआई बैंक तथा नेपाल क्लियरिङ हाउसबीच  नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको संचालनका लागि सम्झौता भएको छ । 

नेशनल पेमेन्ट स्वीचका लागि एसबीआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

सम्झौतामा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।


प्रकाशित : मंसिर १४, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?