कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले नि:शुल्क ओपीडी सेवा दिने

काठमाडौँ — थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकले नि:शुल्क ओपीडी सेवा संचालन गर्ने भएका छन् । नर्भिकमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ यूरोलोजिष्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले नि:शुल्क ओपीडी सेवा दिने भएका हुन् । 

नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले नि:शुल्क ओपीडी सेवा दिने

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. ढकालको ओपीडीबाट लाभ लिनसक्ने छन् । यस्तै, प्रोस्टेट ग्रन्थी, मिर्गौला, मुत्रनली, मुत्रथैलीमा पत्थरी भएका लगायतका समस्या भएका बिरामीहरुले डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमको ओपीडीबाट लाभ लिन सक्ने छन् ।

डा. श्रेष्ठसँगै डा. सञ्जिव श्रेष्ठ लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत रहने छन् । शनिबारको नि:शुल्क ओपीडीमा सहभागी हुने बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरुलाई सहुलियत दरको व्यवस्था मिलाइने समेत नर्भिकले जनाएको छ । शनिबार बालरोग विशेषज्ञ डा. ढकालले बिहान १० देखि १२ बजेसम्म र डा. श्रेष्ठ नेतृत्वको यूरोलोजी टिमले बिहान १० देखि ११ बजेसम्म नि:शुल्क ओपीडी संचालन गर्ने छन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार नि:शुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ । नि:शुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।नि:शुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा उपलब्ध छ ।


प्रकाशित : मंसिर १३, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?