एनआईसी एसियालाई आईएसओ प्रमाणपत्र- बजार - कान्तिपुर समाचार

एनआईसी एसियालाई आईएसओ प्रमाणपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ) बाट आईएसओ २७००१:२०१३ को मापदण्ड प्रमाणपत्र पाएको छ ।

उक्त मापदण्डअनुसार बैंकले आफ्ना ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षामा सुधार गर्दै लाने जनाएको छ ।

साथै त्यस्ता विवरणको सुरक्षा निश्चित गरेको देखाएबापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एन्ड इन्फर्मेसन सेक्युरिटी सर्भिस जीएमबीएचले उक्त प्रमाणपत्र प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ११, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्

सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार केपी ओलीलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो ।

यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।

प्रकाशित : मंसिर ११, २०७८ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×