कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसी एसिया क्यापिटलको १०.२५ प्रतिशत ‘इनकम ज्ञारेन्टेड फण्ड’

काठमाडौँ — एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस) अन्तर्गत उच्च प्रतिफल सहितको ‘इनकम ज्ञारेन्टेड फण्ड’ नामक योजना ल्याएको छ । 

एनआईसी एसिया क्यापिटलको १०.२५ प्रतिशत ‘इनकम ज्ञारेन्टेड फण्ड’

विशेषगरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहिणी लगायत लगानीकर्तालाई मध्यनजर गर्दै संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको छ । उक्त योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख लगानीबाट सुरु गर्न सकिनेछ ।


प्रकाशित : मंसिर ८, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?