कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरी पुष्प मेला शुक्रबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको जावलाखेलमा आगामी शुक्रबारदेखि १४औं ‘गोदावरी पुष्प मेला’ हुने भएको छ ।

गोदावरी पुष्प मेला शुक्रबारदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले कात्तिक १२ देखि १५ सम्म पुष्प विकास केन्द्रको सहयोगमा मेला आयोजना गर्न लागेको हो ।

जावलाखेलस्थित फुटबल मैदानमा हुने मेला तिहार तथा छठलाई लक्ष्य गरी आयोजना गर्न लागेको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।


‘प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहनेछन्,’ तामाङले भने, ‘मेला सञ्चालनमा १६ लाख खर्च हुने अनुमान छ । यसमा वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट चार लाख सहयोग पाएका छौं ।’

मेला हेर्न जान विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैयाँ लाग्ने उनले बताए । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई एक जनालाई नगद तथा प्रमाणपत्र दिइने उनले सुनाए ।

प्रकाशित : कार्तिक ९, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?