कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिओके र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सेवाको लागि सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक अफ काठमाण्डूले गुणस्तरीय डिजिटल सेवालाई विस्तारित गर्न नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता गरेको छ। यस सम्झौता अनुसार बैंक अफ काठमाण्डूका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्बाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुविधा पाउने छन् ।  

बिओके र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सेवाको लागि सम्झौता

उक्त सम्झौतामा बैंकको तर्फबाट अमरराज भण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले हस्ताक्षर गरे । नेपाल पेमेन्ट सोलुसनले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । बैंक अफ काठमाण्डूका हाल देशभर ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर संचालनमा छन् ।


प्रकाशित : कार्तिक ८, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?