कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होण्डा 'फेस्टिभ बोनान्जा'को पहिलो विजेता घोषित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘फेस्टिभ बोनान्जा’ योजनाको पहिलो विजेता घोषणा गरेको छ ।  यस योजनाअन्तर्गत पहिलो विजेता लक्की ड्र मार्फत कात्तिक ५ गतेको दिन घोषणा गरिएको हो ।  

होण्डा 'फेस्टिभ बोनान्जा'को पहिलो विजेता घोषित

बुटवलको ड्राइभवे व्हिलस्बाट ‘डब्लूआरभी–एसभीएमटी’ गाडी खरिद गरी संजय नेपालले लक्की ड्र मार्फत ३ लाख ५० हजार नगद उपहार प्राप्त गरेका छन् । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि निशुल्क बीमा, १ वर्षसम्मको लागि सडक कर छुट, ३ वर्षसम्मको लागि निशुल्क सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?