कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘वार्षिक  धन वर्षा जीवन बीमा योजना’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘वार्षिक  धन वर्षा जीवन बीमा योजना’ 

सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।

यो योजना बीमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रुपमा भुक्तान गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिने छ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम १ लाख कायम गरिएको छ।


प्रकाशित : कार्तिक ५, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?