कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा सर्वाधिक रुचाइएको जुत्ता गोल्डस्टार सुज संयुक्त राज्य अमेरिकामा उपभोक्ताहरूले खरिद गर्ने गरी आधिकारिक रुपमा बजार प्रवेश गरेको छ ।

गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरु गर्ने भएको छ ।

न्यूयोर्कमा आयोजित आधिकारिक कार्यक्रममा किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष आमिरप्रताप राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

‘हामी संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइन ल्याउने कुरामा गर्व गर्दछौं । गोल्डस्टार व्यापक रूपमै दैनिक रूपमा प्रयोग हुने ब्रान्डका रूपमा परिचित छ । सबै क्षेत्रमा मानिस, सबैजसो आर्थिक अवस्थाका उपभोक्ताहरूले गोल्डस्टारलाई एक किफायती ब्रान्डका रुपमा छनोट गरेका छन्,’ उनले भने ।


प्रकाशित : आश्विन २६, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?