कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा परिसंघको कार्यालय

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेश उद्योग परिसंघ स्थापना भएको छ ।

वाग्मतीमा परिसंघको कार्यालय

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रदेश राजधानी हेटौंडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरे ।

सो अवसरमा अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । साथै वाग्मती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट चयन भएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?