एनआईसी एसियाको डिजिटल योजनामा २५ प्रतिशत क्यासब्याक- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसी एसियाको डिजिटल योजनामा २५ प्रतिशत क्यासब्याक

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ ।

यो योजनामार्फत बैंकका डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक र छुट प्रदान हुनेछ ।

योजना असोज २१ देखि कात्तिक २१ सम्म चल्ने बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरको कार्यालय भवन बन्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणको शिलान्याश गरेको छ । सोमबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरे । 


करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरु रहने बताइएको छ ।

भवन संरचनामा प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन/ कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ । भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाा निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए ।

महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए । महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौं तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने काठमाडौं महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×