कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओरियन्टल होटलको नोक्सान २२ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — ओरियन्टल होटल (र्‍याडिसन होटल) ले गत आर्थिक वर्ष ०७७/७८ मा २२ करोड ५७ लाख रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ ।

ओरियन्टल होटलको नोक्सान २२ करोड

मंगलबार सम्पन्न कम्पनीको २४ औं साधारण सभाले उक्त जानकारी दिएको हो ।

होटलले गत आवमा कूल आम्दानी १३ करोड १२ लाख रुपैयाँ गरेको छ भने सञ्चालन खर्च ३३ करोड ४२ लाख रुपैयाँ भएको बताएको छ । यसमा होटलको खुद नोक्सान भने २० करोड ३६ लाख रुपैयाँ रहेको उल्लेख छ ।

होटल नोक्सानमा जानुको कारण कोभिड–१९ ले गर्दा पर्यटकहरुको आगमन नहुनु रहेको जनाइएको छ ।

यसमा सरकारले जारी गरेको स्वास्थ्य निर्देशनअनुसार सभा, सम्मेलन, गोष्ठीलगायत बन्द रहनु पनि प्रखुख कारण मानिएको छ । होटलले नोक्सान व्यहोरेकै कारण लाभांश वितरणसमेत नगर्ने जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?