कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साओमी टीभीमा ‘मी लिएको छैन’ अफर

काठमाडौँ — साओमी नेपालले यसपालिको चाडबाडका लागि ‘मी लिएको छैन’ अफर सार्वजनिक गरेको छ ।

साओमी टीभीमा ‘मी लिएको छैन’ अफर

यो अफरअन्तर्गत ग्राहकले साओमीको मी एलईडी टीभी र अन्य सामान खरिदमा छुट पाउनेछन् ।

चाडबाडका बेला ग्राहकलाई कम्पनीले ल्याएका नयाँ सामान खरिद गर्न यस्तो अफर ल्याइएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले जानकारी दिए ।

यो अफरपछि ग्राहकले साओमीको मी एलईडी टीभी ४ ए प्रो ३४ हजार ९ सय ९९ रुपैयाँ खरिद गर्न सक्छन् ।

साथै मी एलईडी टीभी४ ए ४० पनि अफरमा ३९ हजार ९ सय ९९ रुपैयाँ खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?