कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यामाहा एक्सचेन्ज मेला सुरु

काठमाडौँ — नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ सुरु गरेको छ ।

यामाहा एक्सचेन्ज मेला सुरु

काठमाडौंस्थित भृकुटीमण्डपमा असोज १५ सम्म जारी रहने मेलामा पुरानो मोटरसाइकलको बजार मुल्यभन्दा १० हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जानकारी दिएको छ ।

साथै हरेक दिन टेस्ट राइड गर्नेमध्ये एकजनाले उपहारमा सुन पाउनेछन् । मेलामा ग्राहकले शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र मासिक किस्ताको फाइनान्स सुविधा पाउनेछन् ।

चाडबाडको अवसर पारेर यामाहाले स्क्रयाच गर्दा एक लाख रुपैयाँसम्म नगद रुपैयाँ, बम्परमा १२ तोला सुनको एक्का पाइने ‘रेस फर द एस अफर’लगायत योजना सञ्चालन गरिरहेको छ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?