नेपाली बजारमा सिट्रन सी ५ एयरक्रस- बजार - कान्तिपुर समाचार

नेपाली बजारमा सिट्रन सी ५ एयरक्रस

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रेन्च मोटर कम्पनी पुजोको आधिकारिक बिक्रेता सांग्रिला मोटर प्रालिले सिट्रन सी ५ एयरक्रस आउने ल्याउने भएको छ ।

सिट्रन सी ५ एसयूभी १.६ लिटर पेट्रोल इन्जिन क्षमताको छ । यसको इन्जिनले १६५ एचपीको पावर र २४० एनएमको टर्क प्रदान गर्छ । कम्पनीका अनुसार यो आरामदायी सवारी हो ।

नेपाली बजारमा यसको मूल्य १ करोड ३५ लाख निर्धारण गरिएको छ । यो नेपाली बजारमा सन् २०२२ को मध्यतिर आउने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्

जोन्ता क्लबलाई सिद्धार्थको ४ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले जोन्ता क्लब काठमाडौंलाई चार लाख ९७ हजार २ सय रुपैयाँ सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिएको छ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले क्लबकी प्रेसिडेन्ट सीमा गोल्छालाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने कार्यक्रममा खर्चिने जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×