कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

टीभीएस एक्सचेन्ज मेला सुरु

काठमाडौँ — नेपालका लागि टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला’ सुरु गरेको छ ।

टीभीएस एक्सचेन्ज मेला सुरु

काठमाडौंस्थित भृकुटीमण्डपमा जारी मेला असोज ६ सम्म सञ्चालन हुनेछ ।

मेलामा ग्राहकले कुनै पनि कम्पनीका मोटरसाइकल वा स्कुटरको साटो टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर पाउनेछन् ।

मेलामा ग्राहकले एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँसम्म मूल्यांकन पाउनेछन् । नयाँ सवारी खरिद गर्नुअघि एक लाख र किनिसकेपछि १० लाख रुपैयाँसम्मको उपहार पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सवारीसमेत किन्न सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन २, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?