सानिमाको दसैं योजना- बजार - कान्तिपुर समाचार

सानिमाको दसैं योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ग्राहकका लागि विशेष दसैं बम्पर योजना सार्वजनिक गरेको छ ।

असोजदेखि लागू भएको योजनाअनुसार व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशत ब्याजदर मासिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

साथै खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर र डिम्याट खाता नि:शुल्क प्रदान गरिने बैंकले बताएको छ ।


प्रकाशित : आश्विन २, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा केएफसीको आठौं शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले काठमाडौं उपत्यकामा आठौं शाखा सञ्चालनमा ल्याएको छ ।

नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा केएफसीको आउटलेट सञ्चालनमा आएको हो ।

आउटलेटमा केएफसीका विभिन्न मासुका परिकार उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन २, २०७८ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×