मेगाका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुट


काठमाडौँ — मेगा बैंक नेपाल र तीनकुनेस्थित कान्तिपुर अस्पतालबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ ।



सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउँछन् । साथै एम्बुलेन्स सेवा नि:शुल्क पाउनेछन् ।
आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधि खरिद गर्दा भने १० प्रतिशतसम्म छुट पाउनेछन् ।