कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइबरको लेन्स फिचर

काठमाडौं — राकुटेन भाइबरले नयाँ लेन्स फिचर ल्याएको छ  । भाइबरले आफ्नो मेसेजिङ प्लेटफर्ममा यस्तो फिचरको सुरुवात गरेको हो  ।

भाइबरको लेन्स फिचर

बिहीबार एक भर्चुअल समारोहमार्फत भाइबरले यो स्न्याप आईएनसीको सहकार्यमा लेन्स फिचर सञ्चालनमा ल्याएको हो । क्यामेरा किट, क्रिएटिभ किट र अनुकूलनयोग्य बिटमोजीलाई भाइबर एपमा राखी यो फिचर तयार गरिएको भाइबरले जानकारी दिएको छ ।

यसबाट एआरद्वारा पावर गरिएको फोटो र भिडियो म्यासेजमार्फत रमाइलो र अन्तर्क्रियात्मक संवाद गर्न सकिन्छ । भाइबरका २० विभिन्न लेन्स समावेश छन्, जसमा गायक स्वप्न सुमन र कोकाकोलाका लेन्स समावेश छन् ।

यो फिचर नेपाल, भियतनाम र फिलिपिन्ससहित एसियन प्यासिफिक क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो ।

प्रकाशित : भाद्र २८, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?