कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब नेपालमै क्यान्सर रोगको औषधि उत्पादन 

काठमाडौँ — नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु हुने भएको छ । टिजिग फर्मा यो औषधि उत्पादन सुरु गर्ने भएको हो ।

अब नेपालमै क्यान्सर रोगको औषधि उत्पादन 

गत आइतबार राजधानीमा एक कार्यक्रम गरी टिजिगले उत्पादन गर्न लागेका ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरु अनावरण गरेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी गराए ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युल्स लागि स्वीकृति पाइसकेको छ ।

कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने दाबी गरे ।

प्रकाशित : श्रावण ७, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?