‘वाईवाई ग्लोकल टिन हिरो’ को आवेदन खुला

काठमाडौँ — ‘वाईवाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणको आवदेन खुला भएको छ ।

वाईवाई ग्लोकलमा १३ देखि १९ वर्षका नेपाली नागरिकले किशोरकिशोरीले आवदेन दिन सक्छन् ।
ग्लोकल टिन हिरोको आधिकारिक वेबसाइटमार्फत जुलाई ३० सम्म अनलाइनमार्फत आवदेन दिन सकिने आयोजकले जानकारी दिएको छ ।
किशोरकिशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन उक्त कार्यक्रम ल्याइएको आयोजकले जानकराी दिएको छ ।
प्रकाशित : असार ३०, २०७८ २३:२७