कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडमी नोट १० सिरिज बजारमा

काठमाडौँ — साओमी नेपालले आफ्नो नयाँ उत्पादन रेडमी नोट १० एस मोबाइल सार्वजनिक गरेको छ । यसमा स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिसप्ले रहेको कम्पनीले जनाएको छ ।

रेडमी नोट १० सिरिज बजारमा

साथै ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याक्रो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरलगायत विशेषता पनि छन् ।

५ हजार एमएएच ब्याट्री, ३३ वाटको फास्ट चार्जिङ विशेषता रहेको यो मोबाइल डीप सी ब्लु, फ्रोस्ट बाइट र स्याडो ब्ल्याक गरी तीन रङमा उपलब्ध छन् ।

६ जीबी र्‍याम र ६४ जीबी रोमसहितको मोबाइलको मूल्य २४ हजार ९ सय ९९ तथा १२८ जीबी रोमसहितको मोबाइलको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ५, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?