कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वार्षिकोत्वसवमा नेपाल बंगलादेश बैंकले दियो २५ सय भायल रेम्डिसिभिर

काठमाडौँ — नेपाल बंगलादेश बैंकले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५ सय भाइल रेम्डिसिभिर इन्जेक्सन दिएको छ ।

‘क’ वर्गको बैंकका रुपमा बैंकले २०५१ साल जेठ २३ देखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको थियो । सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई चार लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्ेरटर खरिद गर्ने जनाइएको छ ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई उक्त रेम्डिसिभिर सहयोग गरेको जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?