अन्तरिक्ष प्रतिष्ठानलाई सानिमाको ५ लाख- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरिक्ष प्रतिष्ठानलाई सानिमाको ५ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानले यहाँकै विद्यार्थीबाट निर्मित पहिलो स्याटलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यसाथ काम गरिरहेको छ ।

टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट–१ को निर्माण/प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सन् २०२३ सम्म नेपाली स्याट–२ विद्यालय नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।

प्रकाशित : वैशाख २१, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

टेलिकमको आकर्षक डेटा सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक डेटा सुविधा ल्याएको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको समयमा आकर्षक डेटा सुविधा उपलब्ध गराइएको जनाएको छ ।

यसअन्तर्गत वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक र ५०० एमबी पर डे डाटा प्याक छन् ।

यसका लागि टेलिकमको मोबाइल एपमार्फत समेत जानकारी लिन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×