कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–सेवा एकाउन्टमा बैंक खाता लिंक गर्न सकिने

काठमाडौँ — ई–सेवा फोन पे प्रालिमा ई–सेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सकिने भएको छ ।

ई–सेवा एकाउन्टमा बैंक खाता लिंक गर्न सकिने

यससँगै प्रयोगकर्ताले आफूले चाहेको बैंक खातामा ई–सेवा लिंक गरी खातामा रकम लोड गर्न सक्छन् ।

एकाउन्ट लिंक सेवा प्रयोग गर्न ई–सेवा प्रयोगकर्ताको एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ ।

ई–सेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सुविधा पनि हुनुपर्नेछ । ई–सेवा र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?