कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर बुझाउने समय थप्न नाडाको माग

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर विवरण एवं कर रकम बुझाउने म्याद थप्न माग गरेको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा हुँदा व्यवसायीले विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेकाले म्याद गर्न माग गरिएको नाडाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना वर्कसपमा रहेका अक्सिजन सिलिन्डर अक्सिजन निर्माण उद्योगमै बुझाई महामारीका बेला सहयोग गर्न पनि अटोमोबाइल व्यवसायीलाई नाडाले आग्रह गरेको छ ।

प्रकाशित : वैशाख २०, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?