कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सिभिलको नेतृत्वमा फेरबदल

काठमाडौँ — सिभिल बैंकको नेतृत्वमा फेरबदल भएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिएसँगै आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

बैंकमा २०६९ मा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध गुरुङले २०७४ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?