वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’- बजार - कान्तिपुर समाचार

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष लक्षित ‘हर्षको नयाँ वर्ष’ योजना ल्याएको छ ।

यो योजनमा ग्राहकले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।

यी प्याकेजमा एक वर्ष नेट टीभीको सेवा नि:शुल्क रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज, डुएल ब्यान्ड राउटर, जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधालगायत सेटअप बक्स नि:शुल्क रहने कम्पनीले बताएको छ ।

प्रकाशित : चैत्र २६, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्

यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध मुद्दा

रासस

नेपालगन्ज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्र्तीण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ । सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ ।

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार रु १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ ।

सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ । आयोगले उनीहरुविरुद्ध रु छ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । अनियमितता गरेकोमध्ये रु छ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ ।

प्रकाशित : चैत्र २६, २०७७ २१:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×