महासंघ र डेभलपमेन्ट बैंकर्सबीच कर्जा सम्झौता



काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालबीच वित्तीय कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यमको वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले महासंघ र एसोसिएसनले सम्झौता गरेका हुन् ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।