ई–सेवाबाट शुल्क तिर्दा छात्रवृत्ति- बजार - कान्तिपुर समाचार

ई–सेवाबाट शुल्क तिर्दा छात्रवृत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्न सकिने भएको छ ।

वैशाख अन्त्यसम्ममा ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्नेमध्ये सय जना ग्राहकले एक महिनाका लागि उक्त छात्रवृत्ति पाउने ई–सेवाले जनाएको छ ।

छात्रवृत्ति ५ हजार रुपैयाँसम्मको हुनेछ ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

हेल्प नेटवर्कलाई सिद्धार्थ बैंकको ५ लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले हेल्प नेपाल नेटवर्कलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेटवर्कलाई उक्त सहयोग गरेको हो ।

बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई उक्त रकम हस्तान्तरण गरिन् ।

प्रकाशित : चैत्र २३, २०७७ २०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×