नेट टीभीको साझेदारीमा भ्वाइस अफ नेपालको सिजन ३


काठमाडौँ — वल्र्डलिंक कम्युनिकेसन्स, यसका भगिनी कम्पनी नेटटिभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन–३ का सम्पूर्ण कार्यक्रममा सम्झौता गरेको छ ।

सम्झौतापछि सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउनेछ । नेट टीभीले सम्पूर्ण गतिविधिको साझेदारका रूपमा आबद्ध भएको कम्पनीले जानकारी दिएको छ ।