कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

एसियनका डिजाइन प्रतियोगिताका विजेता घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियन पेन्ट्सले ‘नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२०२०’ का विजेता घोषणा गरेको छ ।

एसियनका डिजाइन प्रतियोगिताका विजेता घोषणा

पेन्ट्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित प्रतियोगितामा बी आर्कको अन्तिम समूहका विद्यार्थी सहभागी थिए ।

प्रतियोगिताका पाँच जना विजेतालाई आइतबार पुरस्कृत गरिएको हो । प्रतियोगितामा ललितपुर महानगरपालिकाको नगर कार्यालय भवनको ब्लक बी डिजाइन गर्नुपर्ने प्रोजेक्ट थियो ।

प्रथम पुरस्कार विजेता पूर्वाञ्चल क्याम्पसका शुभम् कार्कीले एसियन पेन्ट्सका तर्फबाट ७० हजार रुपैयाँ र ललितपुर महानगरपालिकाका तर्फबाट २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी थापाथली क्याम्पसकी सुनिता गुरुङ दोस्रो र सोही कलेजकी प्रवासा बज्राचार्य तेस्रो भए ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?