१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

काठमाडौँ — एनसेल आजियाटाले आफ्नो डिजिटल ट्रान्सफर्मेसन योजनाअनुसार ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ ।

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’

यसमार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरूबारे सजिलै जानकारी लिन सक्छन् । एनसेलले यो सेवा आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुन: कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अघि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा एनसेलको आधिकारिक फेसबुक, मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ ।

प्रकाशित : माघ ७, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?