कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

साहित्यकार काफ्लेलाई जगदीश स्मृति पुरस्कार

टीकाप्रसाद भट्ट

रामेछाप — जगदीश घिमिरे प्रतिष्ठानले यस वर्षको जगदीश स्मृति पुस्कार साहित्यकार माधव काफ्लेलाई प्रदान गरेको छ । 

साहित्यकार काफ्लेलाई जगदीश स्मृति पुरस्कार

रामेछापको मन्थलीमा शनिबार जगदीश घिमिरे प्रतिष्ठानको आयोजनामा भएको १० औं जगदीश स्मृति साहित्यिक सभामा प्राज्ञ तुलसी दिवसले साहित्यकार काफ्लेलाई ५१ हजार नगद राशिको पुरस्कार हस्तान्तरण गरेका छन् ।

जगदीश घिमिरे प्रतिष्ठानले हरेक वर्ष रामेछापमा साहित्यसभा गरी साहित्य र पत्रकारिता क्षेत्रमा राष्ट्रिय रुपमा योगदान पुर्‍याएका व्यक्ति छनौट गरी उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि मनु ब्राजाकी, रोचक घिमिरे, डा. सन्दुक रुइत र ध्रुव सापकोटा उक्त पुरस्कारबाट पुरस्कृत भएका थिए ।

समाजसेवी तथा साहित्यकार जगदीश घिमिरेको स्मृतिमा आयोजित १० औं साहित्यसभामा प्रमुख अतिथि तुलसी दिवस, नगेन्द्रराज शर्मा, माधव काफ्ले, उषा शेरचन, हरिकृष्ण काफ्ले, मनोज न्यौपाने, अश्विनी कोइराला, डा. सुमन कर्माचार्य, नविन केसी, रमेश ढुंगेललगायत कवि/कवयत्रीहरुले आ-आफ्ना रचना तथा साहित्यमा जगदीश घिमिरेले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

रामेछापको मन्थलीमा विसं. २००२ सालामा जन्मिएका स्वर्गीय घिमिरे साविति, लिलाम, अन्तर्मनको यात्रा, सकसजस्ता कृतिले ख्याती कमाएका छन् । नेपाली साहित्यमा नौलो शैलीको कृति अन्तर्मनको यात्राले मदन पुरस्कार जितेको थियो ।

प्रकाशित : पुस १४, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×