कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

'वन्दना' सार्वजनिक 

काठमाडौँ — ज्ञानमाला भजन खलः ले तयार पारेको भजन एल्बम 'वन्दना' सार्वजनिक भएको छ । काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले एल्बम सार्वजनिक गरेका हुन् ।  

'वन्दना' सार्वजनिक 

एल्बममा 'वन्दना वन्दना', 'हिंसा अशान्ति', 'आँखा खोली', 'माया मोहको', 'उपदेश बुद्धको' र 'बुद्धको शरणमा जाऔं' शीर्षकको भजन समावेश छन् । पूर्णकाजी ज्यापु र तीर्थ नारायण महर्जनले लेखेका भजनमा जुगल डंगोलको संगीत संयोजन छ ।

संगीता प्रधान राना, रामकृष्ण ढकाल, शिव परियार, केन्जुमा सुब्बा, रचना रिमाल, जुजुकाजी रञ्जित, सतीश महर्जन, रत्नशोभा महर्जन र दीपा महर्जनले भजनमा स्वर भरेका छन् ।


प्रकाशित : असार १५, २०८० २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×