तिम्सिनाले ल्याए भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

विनोद भण्डारी

मोरङ — नक्कली भुटानी शरणार्थीबारे राष्ट्रिय चर्चा चलिरहेका बेला मोरङको पथरी निवासी सञ्चारकर्मीले दीपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थीको इतिहास समेटिएको पुस्तक बजारमा ल्याएका छन् ।

तिम्सिनाले ल्याए भुटानी शरणार्थीको इतिहास समेटिएको कृति  

पुस्तकमा भुटानी शरणार्थीहरू पहिलो पटक आउँदादेखि तेस्रो मुलुकमा पुनर्वास हुँदासम्मको विषय समेटिएको छ । पुस्तकमा नेपाली भाषी भुटानी कसरी भुटानबाट लखेटिए ? नेपाल आएर माइखोलाको बजारमा उनीहरूको कष्टपूर्ण बसाइ, स्वदेश फिर्तीका लागि उनीहरूले गरेको आन्दोलन समेटिएको छ । पुस्तकलाई तिम्सिनाले इतिहास, भाषा तथा साहित्य, संगीत र खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ खण्डमा विभाजन गरेका छन् ।

यसअघि तिम्सिनाले ‘टेलिफोन डायरी’, ‘मोरङको सामुदायिक वनको एक चिनारी’, ‘मोरङ क्षेत्र नम्बर २ को चिनारी’, ‘पथरी शनिश्चरे नगारपालिकाको चिनारी’, ‘धिमाल जातिको इतिहास’, ‘इतिहासमा पथरी शनिश्चरे’, ‘मोरङका जनप्रतिनिधिको संगालो’लगायतका कृति बजारमा ल्याएका थिए । उनको पछिल्लो कृति इतिहासका विद्यार्थीका लागि उपयोगी हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?