आजकै दिन : भर्जिनिया वुल्फको निधन

कान्तिपुर संवाददाता

ब्रिटिस साहित्यकार भर्जिनिया वुल्फको सन् १९४१ मा आजकै दिन (मार्च २८) मा मृत्यु भएको थियो । सन् १८८२ जनवरी २५ मा लन्डनमा जन्मिएकी वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । उनका जाकोब्स रुम, टु दि लाइटहाउस, ओर्ल्यान्डोजस्ता कृति चर्चित छन् ।

उनी जीवनभर मानसिक रोगले ग्रस्त थिइन् । द्वितीय विश्वयुद्धको सुरुवातमा उनको लन्डनको घर तहसनहस हुनुजस्ता कारणले उनमा मानसिक समस्या देखिएको थियो । उनका पिता सर लेस्ली स्टेफन इतिहासकार, लेखक थिए भने आमा जुलिया भारतमा जन्मिएकी बेलायती नागरिक थिइन् । वुल्फको शिक्षा आमाबुबाकै शैक्षिक वातावरणमा भएको थियो । उनी २० औं शताब्दीको आधुनिक लेखकका रूपमा परिचित छिन् । महिलासँगको समलैंगिक सम्बन्धका कारण पनि उनी चर्चामा थिइन् ।

द्वितीय विश्वयुद्धका क्रममा उनी लन्डनको साहित्यिक र कलात्मक समाजको महत्त्वपूर्ण हिस्सा थिइन् । सन् १९१५ मा उनको द भोयज आउट नामको पहिलो उपन्यास प्रकाशित भएको थियो । उनी उपन्यासका साथै निबन्धका लागि प्रख्यात छिन् । सन् १०७० को नारीवादी समीक्षाको आन्दोलनमा पनि उनी सहभागी थिइन् । त्यहाँदेखि उनी आफ्नो रचनाका कारण झनै चर्चामा आएकी थिइन् ।

प्रकाशित : चैत्र १४, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

२५ ‘जनयोद्धा’ सहिदमा अटाएनन्

‘जनयुद्ध’ मा होमिएर ज्यान गुमाएका सिन्धुपाल्चोकका १ सय ८२ जनाको नाम रहेको तथ्यांक छ
अनिश तिवारी

सिन्धुपाल्चोक — नेपाल सरकारले सशस्त्र द्वन्द्वका क्रममा सहादत पाउने सबैलाई सहिदको मान्यता दिएर हालै ८ हजार ३ सय ७१ जनाको नामवली राजपत्रमा प्रकाशित गर्‍यो । तर , सशस्त्र द्वन्द्वकै क्रममा सेना र प्रहरीको धरपकडमा मारिएका सिन्धुपाल्चोकका अधिकाशं ‘जनयोद्धा’ राजपत्रको सहिद सूचीमा परेनन् । माओवादी केन्द्रको ‘सशस्त्र विद्रोह’ आधारभुमी चौतारा साँगाचोकगढी नगर–४ कुविण्डेसहित विभिन्न स्थानमा प्रहरी र सेनाको धरपकडसँगै सशस्त्र द्वन्द्वमा धेरैले योद्धाले ज्यान गुमाउनुपर्‍यो ।

कञ्चन प्रियदर्शी (ईश्वर बुढाथोकी) साहित्यकार तथा सञ्चारकर्मीका रूपमा परिचित व्यक्ति हुन् । नेकपा माओवादी सम्वद्ध उनी चौतारा साँगाचोकगढी नगर पीपलडाँडा गाउँनिवासी उनी जनयुद्धमा होमिएका थिए । माओवादी सिन्धुपाल्चोकको तथ्यांकअनुसार ०५९ साल वैशाख १२ गते जलविरे बजारक्षेत्रमा प्रियदर्शी मारिएका थिए । सेनाको ‘सर्च’मा परेर बजारमै मारिएका थिए । प्रियदर्शीसँगै मारिएका चौतारा साँगाचोकगढी स्याउलेका प्रेमबहादुर श्रेष्ठ (सुमन) भने सहिदको सूचीमा परेका छन् ।

एउटै युद्धमा सँगसँगै मारिएकाहरू कोही सहिद हुने, कोही गुमनाम गर्न खोज्नु अन्याय भएको प्रियदर्शीका परिवारले अनुभव गरेका छन् । प्रियदर्शीका बुबा आहिले शारीरिक रुपमा पक्षघात समस्या झेलिरहेका छन् । रोगमाथि संघर्षरत परिवारमाथि यो खबरले झनै हताशको बनाएको छ । प्रियदर्शीकै सम्झनामा वाग्मती प्रदेश सरकारबाट १५ लाख बजेट छुट्याइएर पीपलडाँडामा कञ्चन स्मृति पार्क र सालिकसमेत बनाइएको छ । तर सहिदको सूचीमा नराखिएको आश्चर्य लागेको उनका भाइ सुनिल बुढाथोकीले बताए । ‘सरकारले नै बजेट खर्चेर उहाँ (कञ्चन प्रियदर्शी) लाई सम्झिएर पार्क, सालिक बनाएर सम्मान गरेको छ तर सहिदमा नाम नराखेर अपमान गरेजस्तो भयो,’ बुढाथोकीले दुखेसो गरे । प्रियदर्शीका परिवारझै तत्कालीन जनयुद्धमा आफन्त र परिवारका सदस्य गुमाएकाहरू सोधिरहेछन्, ‘किन सहिदमा अटाएनन् कञ्चनसहित २५ जनयोद्धा, के उनीहरूचाहिँ सहिद होइनन् र ?’

माओवादी केन्द्रका सिन्धुपाल्चोक अध्यक्ष गोविन्द पराजुलीका अनुसार राजपत्र अध्ययन गर्दा कञ्चनसहित २५ जनाको नाम सहिदको सूचीमा छुटेका छन् । ‘जनयुद्ध’मा होमिएर ज्यान गुमाएका सिन्धुपाल्चोकका १ सय ८२ जनाको नाम रहेको तथ्यांक छ । जसमा कञ्चनसहित २५ सहादत पाएकाको नाम छुटेको छ । देशभर सशस्त्र विद्रोह सुरु हुनुअघि तत्कालीन जनमोर्चा (भट्टराई समूह) को बलियो संगठन थियो । कुविण्डेमा २०५२ साल माघ १८ मा शिक्षक रुद्रप्रसाद शर्मालाई प्रहरीले समात्न खोज्दा विद्यार्थी र युवाले विद्रोह गरेका थिए । त्यसै क्रममा एक प्रहरीको हत्या भएपछि यहाँका अधिकांश भूमिगत भएका थिए ।

त्यसयता चलेको ‘जनयुद्ध’मा कुविण्डेमा मात्रै २२ जनाले सहादत प्राप्त गरेका थिए । ‘माथिल्लो तहतप्कामा नाम छुटेर यस्तो हुँदा जिल्ला तहमा दुखद् प्रभाव परेको छ, यसले सबैलाई दुखित तुल्याउनु स्वाभाविक हो,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसैले यसबारे गहन छलफल गरेर छुटेका २५ जनाको सूची समावेश गरेर प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ ।’

प्रकाशित : चैत्र १४, २०७९ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×